लन्डन, (एजेन्सी) ।
म्यानचेस्टर सिटीका मुख्य स्ट्राइकर अर्लिङ हालान्ड अहिले नयाँ सिजनमा नयाँ लुकमा देखिएका छन् । नर्वेली फुटबलरले आफ्नो चर्चित लामो कपाललाई कटाएर छोटो कपाल राखेका हुन् । उनले यसबारे सोसल मिडियामा पनि लेखेका थिए–न्यु सिजन, न्यु ट्रिम ।
हालान्डको नयाँ लुक देखेपछि उनका साथी खेलाडीहरूको पनि प्रतिक्रिया आएको छ । जसमा, आसिस नोएल गालागरले भने–तिमी १७ वर्षको झैं देखिए, यो राम्रो छ । परिवर्तन राम्रो हो ।
अर्का साथी खेलाडी ज्याक ग्रिलिशले बताए–तिमी त १० वर्षका जस्तो देखिए । मलाई यो मन प¥यो ।
हालान्डले बताए कि उनलाई स्विडीश खेलाडी जाल्टान इब्राहिमोभिचले लामो कपाल कहिल्यै नकाट्न भनेका थिए । जाल्टानले बताए कि उनको शक्ति भनेको कपालमा रहेको छ । जाल्टान यो आर्मी कट कपालमा प्रभावित नभएको पनि उनले खुलासा गरे ।
जाल्टानले भनेअनुसार नै हालान्डले लामो कपाल कटाएपछि पहिलो खेलमा गोल गर्न सकेनन् । म्यानचेस्टर सिटी झण्डै बर्नमाउथसँग १–० ले हार्न नजिक पुगिसकेको थियो । तर, अन्तिममा दुई गोल फर्काएपछि सिटी २–१ ले जितेको थियो ।











प्रतिक्रिया