काठमाडौं, (नेस) ।
जेम्स स्कुल धापाखेलद्वारा आयोजित दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगितामा कल्किन श्रेष्ठ र रोयल प्रजापति उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतियोगितामा यू १८ (१८ वर्ष मुनि) पुरुषतर्फ जेम्सका कल्किन र महिलातर्फ द ब्रिटिश स्कुलकी रोयल उत्कृष्ट बनेका हुन् । यस्तै, यू १४ को पुरुषतर्फ जेम्सका मायोन श्रेष्ठ र महिलातर्फ सेन्ट मेरिज सेकेण्डरी स्कुलकी देभान्सी जोशी उत्कृष्ट भए ।
यसैगरी यू १२ पुरुषतर्फ निसर्ग वाटिका स्कुलका साहस शाक्य र महिलातर्फ प्राइम इन्टरनेसनल आइबी स्कुलकी इभाना श्रेष्ठ उत्कृष्ट भए । यू १० पुरुषतर्फ जेम्सका चिराग महर्जन र महिलातर्फ युरो स्कुलकी बेट्टी श्रेष्ठ उत्कृष्ट भए ।
यस्तै, यू ८ पुरुषतर्फ बृहस्पति सदनका केवल सिंह र कौतिक शर्मा संयुक्तरुपमा उत्कृष्ट भएका थिए । महिलातर्फ युनिग्लोब सेकेण्डरी स्कुलकी भीदी गोयल उत्कृष्ट भएकी बनेकी थिइन् ।
प्रतियोगितामा विभिन्न विधाको ७९ इभेन्ट्समा ८१ स्कुलका ३ सय ४५ जनाले प्रतिस्पर्धा गरेका थिए ।











प्रतिक्रिया