उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं ४ मरवा खोलाबाट सोमबार बिहान पौने एक बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १ सय ९९ किलो गाँजा, एक जना मानिस र एक थान टिफरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ८ गते रातको १.४५बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका वडा नं ४ मरुवा खोला स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा बोरासहित १९९ केजी र टिपरसहित १ जना मानिस पक्राउ गरेको छ ।
कटारी नगरपालिकाको बेतेनी भन्ज्याङबाट कटारीतर्फ आउदै गरेको ना ७ ख ८१७३ नंबरको टिपरलाई चेकजाँच गर्ने क्रममा टिपर चालक जिल्ला रुपन्देही देवदह नगरपालिका वडा न ७ स्थायी वतन भई हाल कटारी नगरपालिका वडा नं ४ बस्ने वर्ष २१ को सोम मगरलाई टिपर सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया