काठमाडौं, (नेस) ।
मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भएको सिनियर ब्वाइजको प्रतिपर्धात्मक फाइनलमा मार्वलसले रेडियन्ट पब्लिकलाई ६३–५८ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले १८ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा दृष्य गुरुङको १९ अंक सहयोगमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई ३९–१४ ले हरायो । जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–२० ले पाखा लगायो । एन्जल्स हार्टका सौरव श्रेष्ठ र अविरल सापकोटाले समान १४–१४ स्कोर गरे ।
सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वा, सिनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी र जुनियर ब्वाइजमा एन्जल्स हार्टका सौरव श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकका मदन बस्नेत, सिनियर गल्र्समा रेडियन्टकै प्रीतिका रसाइली र जुनियर ब्वाइजमा इबीएका प्रसुन श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।











प्रतिक्रिया