आफ्ना सन्तानको भविष्य बनाउन जीवनभर संघर्ष गर्ने अभिभावक। त्यही अभिभावकलाई उमेर ढल्किँदै जाँदा सन्तानले बिर्सिंदै जान्छ। नेपाली समाजमा देखिँदै आएको यही बदलिँदो पारिवारिक सम्बन्धका विषयमा बनेको फिल्म बा ः एक योद्धाको ट्रेलर सार्वजनिक गरिएको छ।
संगीतकार हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरले बाबुको संघर्षभन्दा बढी उनले सन्तानबाट पाउने पीडा र त्यसले निम्त्याउने परिस्थितिलाई कथाको मुख्य आधार बनाएको संकेत गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरले बाबुआमाले सन्तानका लागि गर्ने त्याग र सन्तानले त्यसको मूल्य भुल्दै गएको अवस्थाबीचको दूरी देखाएको छ।
सन्तानको सुखका लागि आफूले जीवनभर कमाएको सम्पत्ति मात्रै होइन, बसिरहेको घरसमेत बेच्न तयार हुने बाबु ट्रेलरमा देखिन्छन्। तर, त्यही बाबुले अन्ततः आप्mनै सन्तानबाट पाउने व्यवहारले कथालाई भावनात्मक पारिवारिक कथाबाट गम्भीर मोडतर्फ लैजान्छ।
जन्मिएको माटो, हुर्काएको घर र आफूलाई सक्षम बनाउने अभिभावकको योगदान भुल्दै जाने प्रवृत्तिलाई फिल्मले प्रश्न गरेको देखिन्छ। सन्तानको भविष्यका लागि आप्mनो वर्तमान त्याग्ने बाबुआमाले बुढेसकालमा त्यही सन्तानबाट उपेक्षा र पीडा भोग्नुपर्ने अवस्थालाई ट्रेलरले कथाको द्वन्द्व बनाएको छ। फिल्मको सबैभन्दा महत्वपूर्ण पाटो भने ट्रेलरले खुलाउन चाहेको छैन। आप्mनै सन्तानबाट पाएको चोटले सीमा नाघेपछि बाबुले के निर्णय लिन्छन् भन्ने कुरा सस्पेन्समै राखिएको छ। सन्तानका लागि सबै कुरा गुमाउन तयार बाबु, त्यही बाबुलाई बुझ्न नसक्ने सन्तान र त्यसबाट उत्पन्न हुने पारिवारिक विघटनले फिल्मको कथा अघि बढाउने देखिन्छ।
कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा भदौ १९ गते रिलिजमा आउने फिल्मले परिवारमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभरको चुनौतीलाई मुख्य विषय बनाएको छ। ट्रेलरले उठाएको प्रश्न भने एउटै छ–सन्तानको भविष्यका लागि जीवनभर आफूलाई समर्पित गरेको बाबुले अन्ततः आप्mनै सन्तानबाट पाएको पीडापछि के गर्छ?
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायत कलाकारको अभिनय छ। संगीतकार, गीतकार तथा गायकका रूपमा परिचित हरि लम्सालले बा ः एक योद्धाबाट फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालद्धारा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्सालकै हो।
अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काप्mले सह–निर्माता रहेको फिल्ममा शिवराम श्रेष्ठको छाया“कन रहेको छ।











प्रतिक्रिया