प्रभावित क्षेत्रका वडा अध्यक्ष र स्थानियहरुको निर्णय विरुद्ध गाउँपालिका अध्यक्षको निर्देशन 

अध्यक्षको निर्देशनले पिके हाइड्रोको निर्माण कार्य नरोकिने

0
Shares

ओखलढुङ्गा ।

ओखलढुङ्गा र रामेछाप जिल्लाको सिमानामा पर्ने लिखु खोलामा निर्माण सुरु हुन लागेको पिके हाइड्रो निर्माण प्रकृया रोक्नका लागी खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बिवादस्त आदेश दिएका छन । 

हाइड्रो प्रभावित क्षेत्रका स्थानीय नागरिक सहित ६ जना वडा हरु भेलामा पिके हाइड्रोपावर लिमिटेडलाई निर्माण कार्य अघि बढाउन सहमति जुटीसके पछि पालिका अध्यक्षले निर्माण कार्य अघि नबढाउन पत्राचार ग रेकाहुन ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिखु खोलामा ३० मेघावार्ड  क्षमताको पिके हाइड्रो पावर निर्माण गर्न लागेको हो । निर्माणको चरण सुरुवाती प्रकृयामा रहेको पिके हाइड्रोपावरको दुई वटा जिल्ला रामेछाप र ओखलढुङ्गाका दुई वटा स्थानीय तहका ६ वटा वडाहरूलाई प्रभावित क्षेत्र तोकिएको छ ।

ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका तिन वटा वडाहरू वडा नम्बर ३, वडा नम्बर ४ र वडा नम्बर ७ लाई प्रभावित क्षेत्र तोकिएको छ यसै गरि उमाकुण्ड गाउँपालिकाका वडा नम्बर ३, वडा नम्बर ४ र वडा नम्बर ५ लाई प्रभावित क्षेत्र तोकिएको छ हाइड्रोपावरको निर्माण प्रकृय अघि बढाउनका लागी छलफल गर्न अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यही भदौ ५ गतेका दिन प्रभावित क्षेत्रका सर्वसाधारण र जनप्रतिनिधिहरू सहितको भेला सम्पन्न गरेको छ ।भेलामा प्रभावित क्षेत्रका सबैजना वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । 

भेलामा उपस्थित वडा अध्यक्षहरूले हाइड्रोपावर सञ्चालनले स्थानीय तह हुँदै राज्यलाई फाइदा हुने भएकाले पिके हाइड्रो पावर निर्माणमा सबैले सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए खिजीदेम्बा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टङ्कराज सुनुवारले हाइड्रोपावरको निर्माणले सबै भन्दा धेरै स्थानहरूलाई हुने भएकाले हाइड्रोपावर निर्माण सबै जनाले सकारात्मक सहयोग गर्नु पर्ने बताएका छन । वडा अध्यक्ष सुनुवारले यदि नागरिकहरूको गुनासो सुनवाईमा विद्युत निर्माण कम्पनीले ढिलासुस्ती गरेमा आफू सतीसाल भएर नागरिकहरूको पक्षमा वकालत गर्ने बताएका छन । 

यसै गरि उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कुल बहादुर बस्नेतले हाइड्रोपावर निर्माणको क्रममा सीपको आधारमा स्थानहरूलाई रोजगारीमा प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन हाइड्रोपावर निर्माण पश्चात स्थानहरूको आर्थिक अवस्थामा सुधार आउने भएकाले हाइड्रोपावर चाँडो निर्माण हुनुपर्नेमा स्थानहरूको जोड रहेको थियो ।

आफ्नो क्षेत्र अधिकार भन्दा बाहिर गएर खिजीदेम्बा गाउँपालिका अध्यक्षले हाइड्रोपावर निर्माण कार्य रोक्न गाउँपालिका अध्यक्षले पत्राचार गरेकाले आफूहरूले पिके हाइड्रोपावरको निर्माण कार्य नरोक्ने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक रमेश न्यौपानेले बताएका छन । 

एक मेघावार्ड भन्दा माथिको क्षमता भएको हाइड्रोपावर निर्माणका लागी अनुमति दिने र रोक्ने अधिकार नेपाल विद्युत विकास विभाग उर्जा मन्त्रालयलाई मात्रै भएकाले गाउँपालिका अध्यक्षको पत्रले आफूहरूले विद्युत निर्माणको प्रकृयालाई नरोक्ने सञ्चालक न्यौपानेको भनाई रहेको छ ।

स्थानीय तहले भनेको समन्वय गर्ने हो प्रोजेक्ट सञ्चालनका सहयोग गर्ने हो तर गाउँपालिका अध्यक्षले समन्वयकारी भूमिका निर्वाह गरेर हाइड्रोपावर निर्माणकला सहयोग गर्नुपर्नेमा निर्माण कार्य रोक्न अध्यक्ष आफै लागी परेकाले आफू अचम्ममा परेको सञ्चालक न्यौपानेको भनाई रहेको छ । ऐन अनुसार सामाजिक उत्तर दायित्व अन्तरगतको रकम प्रभावित क्षेत्रका वडा अध्यक्षहरूको सिफारिसका आधारमा वितरण गर्ने निर्णय भेलाबाट पारित गरिएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

यसैगरी आयोजना निर्माणको क्रममा आयोजना निर्माणका कारण सर्वसाधारणहरूको घरमा क्षति पुगेमा बस्तीमा असर पुगेमा घर पुनः निर्माण वा वस्ती स्थानान्तरण कम्पनीले गर्नुपर्ने, सीपको आधारमा स्थानहरूलाई रोजगारी दिने, नियम अनुसार शेयर बितरण गर्ने, वातावरणीय क्षती नहुने गरि आयोजना निर्माण गर्ने लगाएताका निर्णयहरु भेलाबाट गरिएको े अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जनाएको छ ।