कास्की ।
२२ अगस्ट २०२६ – ५,५८७ मिटर अग्लो मर्दी हिमाल सफलतापूर्वक आरोहण गर्ने पर्वतारोहीहरूलाई आज विशेष सम्मान तथा अभिनन्दन कार्यक्रम आयोजना गरिएको छ। सफल आरोहण २०८३ साल साउन २३ गते (८ अगस्ट २०२६) मा भएको थियो। कार्यक्रम माछापुच्छ्रे गाउँपालिका वडा नं. १ कार्यालयद्वारा टुसेमा आयोजना गरिएको हो। सफल आरोहीहरू नारायण गुरुङ, क्षेत्र बहादुर गुरुङ, अर्जुन बि.क., सुदीप तामाङ, मनमोहन गुरुङ, एलिसा मगर, राम परियार र नवीन गुरुङ लगायतलाई सम्मान गरिएको छ। कार्यक्रमको नारा थियो – “पर्यटन, कृषि, ऊर्जा र गुणस्तरीय पूर्वाधार समृद्ध माछापुच्छ्रे निर्माणको जग हो।


” यस अवसरमा अन्नपूर्ण गंगाजल प्रा.लि. का सञ्चालक देवेन्द्र राज सुवेदी र विश्व सुवेदीले आरोहीहरूलाई ढाका टोपी लगाएर सम्मान गर्नुभएको थियो। माछापुच्छ्रे गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष इन्द्र गुरुङले भन्नुभयो, “यो कार्यक्रमले यस क्षेत्रमा पर्यटन र सामुदायिक गौरव बढाउने प्रयासहरूको एक भागका रूपमा पर्वतारोहण उपलब्धिहरूलाई मान्यता दिने स्थानीय गाउँपालिकाको साथ र सहयोग रहने छ।” उहाँले युवा सशक्तीकरण र सम्भावनाको सदुपयोग आजको आवश्यकता भएको अभियानसँग जोडेर कार्यक्रमलाई महत्वपूर्ण बताउनुभयो।
मर्दी हिमाल कास्की जिल्लाको अन्नपूर्ण पर्वत शृङ्खलामा अवस्थित लोकप्रिय पदयात्रा तथा आरोहण चुचुरो हो। यसबाट माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, हिउचुली लगायतका चुचुराहरूको शानदार दृश्य देखिन्छ। यस क्षेत्रका स्थानीय पर्वतारोही तथा पर्यटन प्रवर्द्धकहरूले यस चुचुरो र वरपरका पदमार्गहरूको प्रवर्द्धन गर्न पहिले पनि यस्तै शिखर प्रयासहरू गरिसकेका छन्। ६००० मीटर माथीका चुचुरोहरु आरोहण गर्न पुर्बी तयारी र अभियास लागि उपयुक्त हिमाल रहेको वार्ड अध्यक्ष इन्द्र गुरुङले जानकारी दिनु भयो । कार्यक्रमले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन, युवा सशक्तीकरण र सामुदायिक गौरव बढाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया