प्रधानन्यायाधीश शर्मा बागलुङ कालिका मन्दिरमा


काठमाडौँ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा पुगेर पूजा–आराधना तथा दर्शन गर्नुभएको छ।

अदालतहरूको स्थलगत अनुगमन तथा भ्रमणका क्रममा बागलुङ आउनुभएका प्रधानन्यायाधीश शर्मा शनिबार बिहान परिवारका सदस्य तथा न्यायाधीशहरूसहित कालिका मन्दिर पुग्नुभएको हो।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काका अनुसार प्रधानन्यायाधीश शर्माले मन्दिरमा पूजा–आजासहित दर्शन गर्नुभएको थियो। सो अवसरमा गुठी व्यवस्थापन समितिका तर्फबाट उहाँलाई कालिका मन्दिरको तस्बिर मायाको चिनो प्रदान गरिएको थियो। शर्माले मन्दिरको आगन्तुक पुस्तिकामा समेत हस्ताक्षर गर्नुभएको छ।