दयाहाङका लागि पेन्सन पट्टा

परिवारको होइन, समाजको कथा


अभिनेता दयाहाङ राईले फिल्म पेन्सन पट्टामा लाउरे परिवारको सदस्यको भूमिका निर्वाह गरेका छन्। तर वास्तविक जीवनमा भने उनको लाउरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध छैन। फिल्मको पात्रसग आप्mनो पारिवारिक सम्बन्ध नभए पनि त्यसको कथा भने नेपाली समाजमा आफूले नजिकबाट देखेको बताउँछन् दयाहाङ।

आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘लाउरेस“ग मेरो पारिवारिक सम्बन्ध छैन। तर छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्।’ त्यही परिचित सामाजिक परिवेशलाई पर्दामा उतारेको पेन्सन पट्टा उनका लागि एउटा फिल्म मात्र नभई नेपाली समाजलाई बुझ्ने अर्को माध्यम बनेको छ।


फिल्मले ३०÷४० वर्षअघिको नेपाली समाजमा भूतपूर्व गोर्खालीको पेन्सन र त्यसले परिवारमा पार्ने प्रभावलाई कथामा बुनेको छ। तर दयाहाङका अनुसार फिल्म पेन्सनको विषयमा मात्र सीमित छैन। हराएको पेन्सन पट्टा खोज्ने घटनालाई आधार बनाएर यसले प्रेम, पारिवारिक सम्बन्ध, भावना र समाजको संरचनालाई समेत प्रस्तुत गरेको छ। ‘पेन्सन पट्टा हरेक समाजको कथा हो। यसले इमोसन, प्रेम र समाजको स्ट्रक्चर बोल्छ’ दयाहाङको भनाइ छ ‘हराएको पेन्सन पट्टा खोज्नु र त्यससगै समाजको परिवेशलाई बोल्नु फिल्मको विशेषता हो।’
पेन्सन पट्टामा काम गर्दा चरित्रमार्फत आम नेपाली समाजका विभिन्न मनोविज्ञान बुझ्ने अवसर पाएको दयाहाङ बताउछन्।

उनका लागि यो फिल्मको अर्को विशेषता यसको सरल प्रस्तुति हो। ‘सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु। पेन्सन पट्टा निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो। हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आप्mनो घरको व्यथा मान्न सक्छन्’ उनले भने।

फिल्मका लेखक तथा निर्देशक माओत्से गुरुङले पनि फिल्मलाई कुनै एउटा परिवार वा समुदायको मात्र कथा नभएको बताएका छन्। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र त्यसले पारिवारिक सम्बन्धमा ल्याउने उतारचढावलाई उनले कथाको आधार बनाएका छन्। ‘आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ। त्यसलाई फिल्ममार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो’ गुरुङले भने, ‘यो आम समुदायको कथा हो।

पेन्सन पट्टा तपाई“–हाम्रै समाजको विषयवस्तु हो।’फिल्ममा काम गरेपछि लेखनतर्फ आप्mनो रुचि बढेको दयाहाङले खुलाए। यद्यपि तत्काल निर्देशनमा जाने भने आ“ट नआएको उनको भनाइ छ। ‘लेखन मन पर्छ, तर आ“ट्न सकिरहेको छैन। अहिलेलाई काम नै गरौ“ भन्ने लाग्छ’ उनले भने।

माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङस“गै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ र पञ्चसुब्बा गुरुङ (दिलु) लगायतको अभिनय छ।