अटिजम भएकी दिदी र भाइको कारुणिक सम्बन्ध


अटिजम भएकी दिदीलाई समाजले कसरी हेर्छ र त्यही दिदीप्रति भाइको माया कति गहिरो हुन्छ? आगामी भदौ १२ गते रिलिमा आउने फिल्म पार्वतीको सार्वजनिक ट्रेलरले यही प्रश्नमार्फत दर्शकको ध्यान खिचेको छ।

नायिका नीता ढुंगानाको निर्देशनमा बनेको फिल्मको करिब ४ मिनेटको ट्रेलरमा नीता ढुंगाना र अशोक दर्जी दिदीभाइको भूमिकामा देखिएका छन्। अटिजम भएकी दिदी र उनलाई बुझ्ने तथा माया गर्ने भाइबीचको सम्बन्धलाई ट्रेलरले भावनात्मक रूपमा प्रस्तुत गरेको छ। ट्रेलरमा अटिजम भएकी छोरीलाई उनका बुबाले विद्यालय भर्ना गराउ“छन्।

विद्यालयमा उनलाई जिस्क्याइएपछि उनले प्रतिकार गर्छिन्। त्यसपछि भने उनले विभिन्न आरोप र सामाजिक लाञ्छना खेप्नुपरेको दृश्य ट्रेलरमा देखाइएको छ। यिनै घटनाबीच भाइको दिदीप्रतिको माया र उसको कारुणिक भाव फिल्मको मुख्य भावनात्मक पक्षका रूपमा प्रस्तुत गरिएको छ।

फिल्मकी निर्देशकसमेत रहेकी नीता ढुंगाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। उनीहरूस“गै दीपाश्री निरौला, सिरु विष्ट, राधिका क“डेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ। निर्देशक ढुंगानाकै कथा र पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका छन्। हरिहर अधिकारीको निर्माणमा बनेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन, सुदीप बरालको छाया“कन र साहिल खानको सम्पादन रहेको छ।