भारतले ६ सयौं टेस्ट अविस्मरणीय बनायो


लन्डन, (एजेन्सी) ।

भारतले श्रीलंकासँगको पहिलो टेस्ट जित्दै उनीहरूको ६ सयौं टेस्ट खेललाई अविस्मरणीय बनाएको छ ।
पाँचौं दिन बुधबार दोस्रो इनिङमा घरेलु टोली श्रीलंकालाई २ सय ६ रनमा अलआउट गर्दै भारतले फराकिलो जित हासिल ग¥यो । भारतले यो टेस्ट १ सय ६५ को रनअन्तरले जितेको हो । यो जितपछि भारतले विश्व टेस्ट च्याम्पियनसिपमा १२ अंक पनि जोड्यो ।

भारतले पहिलो इनिङमा ४ सय ६२ रन बनायो भने श्रीलंका २ सय ८४ रनमै समेटियो । योसँगैं भारतले पहिलो इनिङमा १ सय ७८ रनको अग्रता लियो । त्यसपछि भारतले दोस्रो इनिङमा १ सय ९३ रन बनाएर श्रीलंकासामु ३ सय ७२ रनको लक्ष्य राखेको थियो ।
भारतको जितमा २४ वर्षीय स्पिन बलर मानव सुथारले १० विकेट लिए । यस उपलब्धि पहिलोपटक हासिल गरेपछि मानव टेस्टमा १० विकेट लिने सबैभन्दा युवा भारतीय बलरसमेत बने । उनले पहिलो इनिङमा ४ र दोस्रो इनिङमा ६ विकेट लिएका थिए ।

यसअघि मानवले अफगानिस्तानविरुद्धको डेब्यू टेस्टमा ६÷३३ र १÷२९ को प्रदर्शन गर्दै सात विकेट लिएका थिए । उक्त खेलमा भारतले एक इनिङ र ३ सय रनको फराकिलो जित निकालेको थियो ।

विराट सर्वाधिक सफल कप्तान
भारतको टेस्ट क्रिकेटमा सबैभन्दा सफल कप्तान विराट कोहली हुन् । उनले २०१४ मा अस्टे«लियाको भ्रमणको क्रममा घाइते भएका महेन्द्रसिंह धोनीको अनुपस्थितमा कप्तानी सम्हालेका थिए । त्यहाँदेखि उनले ६८ टेस्टमा ४० टेस्टमा जित हासिल गरेका थिए । उनको कप्तानीमा भारतले २०१८–१९ मा अस्टे«लियामा ऐतिहासिक टेस्ट सिरिज हासिल गरेको थियो ।

उनले दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजील्यान्ड र अस्टे«लियामा गरी कूल ७ टेस्ट जितेका थिए । यो कुनै पनि एसियाली कप्तानको लागि सबैभन्दा बढी जित हो ।
भारतको ६ सय टेस्टको यात्रा
पहिलो टेस्टदेखि १०० टेस्ट ः१० जित, ४० हार, ५० ड्र
१०१ टेस्टदेखि २०० टेस्ट ः २५ जित, ३२ हार, ४३ ड्र
२०१ टेस्टदेखि ३०० टेस्ट ः २१ जित, २६ हार, ५२ ड्र
३०१ टेस्टदेखि ४०० टेस्ट ः ३२ जित, ३१ हार, ३७ ड्र
४०१ टेस्टदेखि ५०० टेस्ट ः४२ जित, २८ हार, ३० ड्र
५०१ टेस्टदेखि ६०० टेस्ट ः ५७ जित, ३१ हार, २ ड्र