सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित


काठमाडौं।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।

आज भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बागमती प्रदेशअन्तर्गत विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्काको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club मा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, MDRT हासिल गर्न सफल अभिकर्तालाई समेत विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताले कम्पनीको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न अभिकर्तालाई प्रोत्साहन गर्दै कम्पनीले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक स्किम सञ्चालन गरिरहेको बताउनुभयो।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले छुट्टै पहिचान र व्यावसायिक छवि बनाउन सफल हुनुमा कम्पनीका अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत र योगदान महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले आगामी दिनमा अभिकर्तालाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको व्यवसाय विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै उहाँले अभिकर्ताको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, गुणस्तरीय ग्राहक सेवा तथा दिगो व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउने नीति लिएको छ।