ट्रम्पद्वारा ‘स्ट्रेट अफ हर्मुज’ लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक


एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गरेका छन् ।

हर्मुजलाई नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै उनले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत नक्सा सार्वजनिक गरेका हुन् । हर्मुज विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । विश्वको तेल तथा ग्यास आपूर्तिका लागि यो जलमार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ ।

इरानले गत फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध शुरु भएपछि हर्मुजमा पानीजहाजको आवागमन रोकेको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही शुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो । गत शुक्रबार पहिलो पटक हर्मुज जलमार्ग माथि अमेरिकी नियन्त्रणको सम्भावना रहेकाे उनले उल्लेख गरेका थिए ।

राष्ट्रपति ट्रम्पले इरानलाई पराजित गरेपछि उक्त जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका थिए।