आगामी असोज २ गते देशव्यापी रिलीजमा आउने फिल्म कार्की साईंलाको टिजर नागपञ्चमीको अवसर मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।
सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साईंला बनेका जितु नेपालको जीवन संघर्ष, व्यथा र गाउँलेबाट हुने हेपाइलाई प्रस्तुत गरिएको छ। भारी बोकेर जीविका चलाउँदै आएका कार्की साईंलालाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि उनले सात दिनभित्र विवाह गरेर देखाउने अठोट लिन्छन्। यही अठोटलाई टिजरले कथाको मुख्य केन्द्रमा राखेको छ।
टिजरमा जितुसंगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मालगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। टिजरले हास्यरससंगै सामाजिक परिवेश र पात्रको जीवन भोगाइलाई समेत संकेत गरेको छ।
राजेन्द्र बस्नेतको निर्देशन तथा बालकुमार राई र निर्भिक बञ्जाराको निर्माणमा बनेको फिल्ममा कथा डम्बर राई, पटकथा र संवाद शंकर धिताल र सबिन अधिकारी, संगीत दिप्सन लिम्बु र संकेत अगस्थीको रहेको छ। फिल्मको यसअघि सार्वजनिक गीत लग्यौ परानले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। सो गीतमा जितु नेपाल र प्रियाना आचार्यलाई प्रस्तुत गरिएको छ।











प्रतिक्रिया