शिर्ष ८ को सेमिफाइनल समिकरण पुरा


काठमाडौं, (नेस) ।

लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को शिर्ष ८ को सेमिफाइनल समिकरण पुरा भएको छ । सहआयोजक यल स्पोर्टस् एकेडेमीको कभर्डहलमा भएको प्रतियोगितामा पुरुषको समूह ए बाट क्षितिज खनाल र प्रिन्स दाहाल सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

यस्तै समूह बी बाट त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र पुलिसका बिष्णु कटुवाल अन्तिम चारमा पुगेका हुन् । फाइनल प्रवेशका लागि क्षितिजले बिष्णु र प्रफुलले प्रिन्सको सामना गर्नेछन् ।

यसैगरि महिलातर्फ समूह ए बाट नेपाल नम्बर एक आर्मीकी रसिला महर्जन र पुलिसकी शेस्ना श्रीपाली अन्तिम चारमा प्रवेश गरे । समूह बी बाट एपिएफकी रिहान सेरचन र तीनमा पुलिसकी निता लम्साल अन्तिम चारमा प्रवेश गरे । फाइनल प्रवेशका लागि रसिलाले निता र रिहानाले शेस्नाको सामना गर्नेछन्