दोलखा।
यलुङ– री हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना आरोहीको शव नौ महिनापछि आधार शिविरबाट सङ्कलन गरेर परिवारको जिम्मा लगाइएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ को रोलवालिङ क्षेत्रमा पर्ने ५,६३० मिटरको यलुङ– री हिमाल आरोहणको लागि गत कार्तिक ११ गते १५ आरोही रोलवालिङ क्षेत्र गएका थिए । यलुङ– री हिमाल आरोहणका क्रममा उनीहरु कार्तिक १७ गते हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेर ७ जना बेपत्ता भएकोमा दुई जनाको शव त्यतिबेलै भेटिएको थियो ।
हिमपहिरोमा परेर बेपत्ता भएका ५ जनाको शव एक साता अघि स्थानीयले देखेपछि शुक्रवारबाट शव सङ्कलनको काम सुरु गरिएपनि खराब मौसमका कारण सोमवारमात्र परिवारको जिम्मा लगाउन सकिएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताए ।
यलुङ– री हिमालमा देखिएका शव सङ्कलनको लागि ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाको नेतृत्वमा हेली एभरेष्टको पाईलट द्वय पासतेन्जी शेर्पा र प्रिया अधिकारी, इन्जिनियर कमल श्रेष्ठ, स्थानीय बाबुराम ठकुरी तथा बरिष्ठ हवल्दार जयश्वर प्रसाद ठकुरी आधार शिविरमा पुगेका थिए । शवहरु सङ्कलनको लागि वडाले पनि आवश्यक सहयोग र समन्वय गरेको वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमा गेली शेर्पाले बताए ।
आईतवार विहान सङ्कलन गरेर रोल्वालिङ क्षेत्रकै ‘ना’ गाउँमा राखिएको शवहरु सोमवार मौसममा सुधार भएपछि परिवारको जिम्मा लगाउन लामाबगरको गोंगर हुदै काठमाडौँ पु¥याईएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जीले बताए ।
हिमाल आरोहणको क्रममा बेपत्ता भएका ७ जना मध्य फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासर्पोट नम्बर9DK92514) र इटलिका पाउलो कोको (पासर्पोट नम्बर YB6411963) को शव त्यतिबेलै भेटिएको थियो । आईतवार सङ्कलन गरिएका ५ शव मध्य दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का पदम तमाङको शव चरिकोटमा राखिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए । मृतक तमाङको शव पोस्टमार्टम पछि परिवारको जिम्मा लगाइने प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लामाले बताए ।
क्यानेडियन मार्को डि मारसेलो (पासर्पोट नम्बर P823193NG), जर्मनका ज्याकोब इसरिवर (पासर्पोट नम्बर CHIHX6HRZ), इटालीका मार्कोस किरचिलर (पासर्पोट नम्बर YB3843711) र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको शव काठमाडौँ लगिएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरी परिवारको जिम्मा लगाइएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जीले बताए ।











प्रतिक्रिया