प्रज्ञा कुञ्जको दोहोरो जित


काठमाडौं।

काठमाडौं प्रज्ञा कुञ्जले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार दोहोरो जित हात पारेको छ ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको खेलमा काठमाडौं प्रज्ञा कुञ्जले युरो स्कुल, छाउनीलाई २–० तथा काष्ठमण्डप ‘बी’ लाई ४–० गोलले पराजित ग¥यो ।

सिनियर ब्वाइजमा बौद्ध इन्टरनेसनल स्कुलले काठमाडौं प्रज्ञा कुञ्जलाई २–० तथा युरो, छाउनीले काठमाडौं प्रज्ञा कुञ्जलाई १–० गोलले हराए । युरो, छाउनी र बौद्ध इन्टरनेसनल तथा काष्ठमण्डप ‘बी’ र कान्जिरोवाले गोलरहित बराबरी खेले ।