नेपाली हिन्दु नारीहरूको महान् पर्व तीजको अवसर पारेर पाचौ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ आयोजना गरिने भएको छ।
अवार्डका लागि आवेदन खुला गरिएको छ। अवार्ड कार्यक्रम शुभकामना मिडिया सोलुसनको आयोजनामा तथा आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा आगामी भदौ २१ गते काठमाडौ“को गोंगबुस्थित बीजी बैंक्वेटमा हुनेछ।
अवार्डअघि भदौ २० गते तीज फेस्टिभल आयोजना गरिने आयोजकले जनाएको छ। तीजलाई लक्षित गर्दै बजारमा आएका व्यावसायिक प्रवद्र्धन, सांस्कृतिक कार्यक्रम, विभिन्न स्टल तथा चर्चित गायक–गायिकाको सांगीतिक प्रस्तुतिसहित फेस्टिभललाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएका छन्।
आयोजक संस्थाकी अध्यक्ष सविता पोखरेलका अनुसार तीज अवार्डका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। यस वर्षको अवार्डमा तीज गीतस“ग सम्बन्धित २२ विधामा पुरस्कार प्रदान गरिनेछ। सर्वोत्कृष्ट तीज दोहोरी गायक, गायिका, संगीतकार, रचनाकार, मोडल, निर्देशक, छायाकन, सम्पादन, कोरियोग्राफी, शृंगार, एरेन्जर, मिक्सिङलगायत विभिन्न प्राविधिक र सिर्जनात्मक विधा अवार्डमा समेटिएका छन्।
अवार्ड समारोहमा गीतसंगीत तथा अन्य क्षेत्रमा योगदान पु¥याएका महिलालाई नारीरत्न सम्मानबाट पनि सम्मानित गरिने छ। अध्यक्ष पोखरेलले तीज गीत नेपाली सांस्कृतिक परम्पराको अभिन्न हिस्सा भएकाले तीजको मर्म बोकेर सिर्जना गर्ने स्रष्टालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको बताइन्। उनका अनुसार अवार्डस“गै आयोजना हुने तीज फेस्टिभलमा चेलीबेटीलाई दर खुवाउने कार्यक्रम पनि समावेश गरिनेछ।











प्रतिक्रिया