दाेलखा।
बुधवार राति अविरल बर्षाका कारण दाेलखाकाे विगु गाउँपालिका वडा नम्बर- ४ वलीटारकाे दुईघर उच्च जाेखममा परेपछि तत्कालै सशस्त्र प्रहरी बल, जनपथ प्रहरी र स्थानीयले उक्त घरका मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।
अविरल बर्षाका कारण पहिरो खसेर पिरलाे खाेला बढी स्थानीय कमल प्रसाद ओली र रत्न कुमारी ओलीको घर उच्च जाेखममा परेपछि उनीहरूकाे परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीले बताए ।
अविरल बर्षाले पहिरो खसेर खाेला बढेर बस्ती जोखिममा परेकाे खबर प्राप्त हुनासाथ बुुधवार रातिनै विपद् प्रतिकार्य वेस सिंगटीबाट सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीकाे कमाण्डमा खटिएकाे टाेलीले उच्च जोखिममा रहेको दुई घरकाे परिवारलाई सुरक्षित स्थानमा सारेकाे स्थानीयले बताएका छन् ।
वलीटारमा रहेका नाै घर धुरीमा अन्य घरहरू भने सुरक्षित नै रहेको सशस्त्र प्रहरी नायव निरीक्षक कार्कीले बताए । पिरलाे खाेला बढेर सिंगटी- लामाबगर सडक समेत अवरुद्ध भएकाेमा बिहीबार विहानै पहिरो पन्छाएर सडक सुचारु गरिएको सशस्त्र प्रहरी नायव निरीक्षक कार्कीले बताए ।











प्रतिक्रिया