गृहमन्त्री गुरुङ र मृतक रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु


काठमाडौँ।

गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता सुरु भएको हो ।

यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।

मृतकका परिवारजनले गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पताल पुगेर आफ्ना माग सम्बोधन नगरेसम्म शव नउठाउने अडान लिएका छन्।

यही विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन्।