काठमाडौं।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहने र विशेषगरी कोशी, बागमती, गण्डकी तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया