काठमाडौं ।
मिस नेपाल वर्ल्ड २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।
द हिडन ट्रेजरद्वारा शनिबार आयोजित ग्रान्ड फिनालेमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित ताज आफ्नो नाममा पारिन्।
यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेसनल २०२६ र काशिश सुब्बा मिस नेपाल कस्मो २०२६ घोषित भएका छन्। उनीहरूले सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
यस वर्षको मिस नेपाल प्रतियोगिता ‘टप अफ द वर्ल्ड’ भन्ने नारासहित आयोजना गरिएको थियो। प्रतियोगितामा विभिन्न क्षेत्रका २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।











प्रतिक्रिया