करेन्ट लगाएर माछा मार्दा सुनवलमा एक जनाको मृत्यु


काठमाडौं । 

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ मा करेन्ट लगाएर माछा मार्ने क्रममा ३३ वर्षीय मोहमद फिराद मियाँको मृत्यु भएको छ।

शनिबार दिउँसो घर नजिकैको बन्दा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही (रूपन्देही) लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।