काठमाडौं ।
नेपाल चिकित्सक संघले भक्तपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गर्न नमिलेको विषयलाई लिएर अस्पताल परिसरमा तोडफोड गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कैंची प्रहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भएको उक्त अराजक र निन्दनीय घटनाको घोर भर्त्सना गरेको हो। विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन, २०७९०’ बमोजिम अविलम्ब कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। नेपाल चिकित्सक संघले पछिल्लो समय देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण, तोडफोड तथा हिंसात्मक घटनाहरू दिनप्रतिदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ।
संघका अनुसार यस्ता घटनाले स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल असर पार्नुका साथै स्वास्थ्यकर्मीको मनोबलसमेत कमजोर बनाएको छ। संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई अझ प्रभावकारी बनाउन संशोधन प्रक्रियामा रहेको कानुनमा ुशून्य सहनशीलताु को सिद्धान्त समावेश गरी स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई आतंकित पार्ने जो–कोहीलाई कडा कानुनी कारबाही गर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
हाल उक्त ऐन संशोधनको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै संघले संशोधित कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरेको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा। बद्री रिमाल तथा महासचिव डा। विश्वराम दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थल बनाउन राज्यले कडा कानुनी व्यवस्था लागू गर्नुपर्नेमा जोड दिइएको छ।











प्रतिक्रिया