ब्रड पिक हिमपहिरो आफ्नै विश्वकिर्तिमान तोड्ने किलि पेम्बाको सपना अधुरै !

3.57k
Shares

दोलखा ।

पाकिस्तानको गिलगिट बाल्टिस्तान स्थित ८,०५१ मीटरको ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरो (६,६५९ मी.) मा परी मृत्यु भएका दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ बेदिङका ४५ बर्षिय किलि पेम्बा शेर्पा (किलु) को आफ्नै विश्व किर्तिमान तोड्ने सपना अधुरै भएको छ ।


उनी दोस्रो पटक आठ हजार माथिका १४ वटा हिमाल आरोहण गरेर अर्को विश्व किर्तिमान कायम गर्न चाहन्थे । उनले गत असोजमा आठ हजार माथिका १४ वटा हिमालको सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरिसकेका थिए । त्यसैगरी उनले सन् २०२१ जनवरी १६ मा १० सदसिय आरोहण टोलीमा सहभागि भएर विश्वको दोस्रो अग्लो हिमाल के– टु को पहिलो शीतकालीन सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए ।

ड्रोनबाट किलि पेम्बाको शव देखिएको खबर पाकिस्तानबाट प्राप्त भएपछि उनको परिवारले अहिले मृतकको आत्माको चीर शान्तिको कामना सहित पुजा गरिरहेको काका दावाछिरी शेर्पाले बताए ।

मैले किलि पेम्बा शेर्पा (किलु) लाई गत बैशाखमा अन्तिम पटक भेटेको थिए काका दावाछिरीले भने– किलि पेम्बाले आफु पाकिस्तान जान लागेको सुनाउदै आठ हजार माथिको १४ वटा हिमाल दोस्रो पटक आरोहण गरेर अर्को विश्वकिर्तिमान कायम गर्छु भन्थ्यो । किलि पेम्बाको टोली १४ जुन २०२६ मा पाकिस्तान गएको हो ।

आफुले शुभकामना भन्दै विदाई गरेको सम्झदै दावाछिरीले भने– किलि पेम्बा शेर्पा (किलु) को आफ्नै विश्वकिर्तिमान तोड्ने सपना अधुरै रह्रयो !
किलि पेम्बा शेर्पा (किलु) लाई हिमाल आरोहणमा दावाछिरीलेनै संगसंग लगेका हुन् । दावाछिरीले पनि सगरमाथाको १५ पटक आरोहण गरेका छन् भने आठ हजार माथिका अरु धेरै हिमाल आरोहण गरिसकेका छन् ।

१८ बर्षको उमेरमा किलि पेम्बा पहिलो पटक आरोहीको भरीया बनेर हिमाल तर्फ लम्किएका थिए । त्यसपछि उनी आरोहीको गाईड हुदै हिमाल आरोहणमा विश्वकिर्तिमानी बनेका थिए ।

२१ बर्षको उमेरमा उनले पहिलो पटक चीन र नेपालको सिमानामा रहेको ८,२०१ मीटरको छोयु हिमाल (सोलुखुम्बु) को सफल आरोहण गरेको काका दावाछिरीले बताए । त्यस यता उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको १५ पटक आरोहण गरिसकेका छन् । आठ हजार माथिका १४ वटै हिमाल आरोहण गरेर विश्वकिर्तिमान कायम गरेका उनले छ हजार माथिका धेरै हिमाल आरोहण गरेको काका दावाछिरीले बताए ।
किलि पेम्बा शेर्पा (किलु) को बुबा– आमाको मृत्यु भै सकेको छ । अहिले उनको श्रीमती, एक छोरा, एक छोरी र दाजु दावातेन्जी शेर्पा रहेका छन् । दाजु दावातेन्जीले पनि सन् २०२१ जनवरी १६ मा १० सदसिय आरोहण टोलीमा सहभागि भएर भाइसंगै विश्वको दोस्रो अग्लो हिमाल के– टु को पहिलो शीतकालीन सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् । दाजु दावातेन्जी अहिले नर्वेमा रहेको काका दावाछिरीले बताए ।

मृतक आरोहि किलि पेम्बा शेर्पा (किलु) को शव नेपाल ल्याउन परिवार तथा माउन्टेन एभरेष्ट समिर्टस क्लब रोल्वालिङको तर्फबाट पर्यटन मन्त्रालय, परराष्ट्रमन्त्रालय लगायत सरोकारवाला निकायमा निवेदन दिईएको मृतकको काका दावाछिरीले बताए ।

Skip This