ललितपुर ।
ललितपुरको लगनखेलमास्थित नेस्फिल्ड इन्टरनेसनल कलेजमा नेसफिल मेला आयोजना भएको छ । हरेक वर्ष आयोजना मेला यो सातौ मेला हो । आयोजना गरेको नेस्फिल्ड मेलामा युवाहरू गीत तथा सङ्गीतको सुमधुर तालमा रमाउँदै विभिन्न परिकारको स्वादमा माएका थिए । मेलामा होटल मेनेजमेन्टमा विद्यार्थीले खाना स्टल राखेका थिए । मेलामा विभिन्न ब्राण्डका कपडा, खानाको परिकार लगायतको स्टल राखिएको थियो ।
मेलाको मुख्य आकर्षण विद्यार्थी
मेलामा प्रिजल नेपाली एण्ड सरर, अचल एण्ड द एमिकस जस्ता चर्चित व्याण्डको साथमा सेरेन बलामी तथा द साल्भेसनको सुमधुर सङ्गीतले मेलामा सहभागीलाई मन्त्रमुग्ध पारेको थियो । मेलामा नेस्फिल्ड तथा मोलिस कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक नृत्य तथा गीतले सहभागी दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।



समयबजी, योमरी, धराने आलुनिम्ची लगायतका रैथाने परिकारका साथै स्वादका लागि प्रसिद्ध लाफिङ, सेकुवा, मःम, पाउँ, सफ्ट ड्रिङ्कले मेलालाई थप आकर्षक बनाएको थियो । फुड, फ्रेण्ड्स, फन तथा म्युजिकको सङ्गम नेस्फिल्ड मेलामा मनोरञ्जनात्मक खेलहरुले सुगन्ध थपेका थिए ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्यु एए) प्राप्त कलेजले विद्यार्थीका विविध क्षमताको प्रष्फुटीकरण, होटल मेनेजमेन्ट अध्ययनरत बिद्यार्थीको इभेन्ट म्यानेजमेन्टको प्रयोगात्मक पक्षको अंशकोको साथै संगीत र सांस्कृतिक प्रस्तुतिको माध्यमबाट सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिएको थियो ।



मेलाको बारेमा जानकारी गराउदै प्रिन्सिपल अरुणकुमार केसीले यो कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन महत्वपुर्ण अभियान नै बनेको छ । भन्नुभयो–यहा पढेका विद्याथीर्ला अन, लर्न र अन भन्ने उद्धेश्यका साथ मेला आयोजना गरेको हो । सन् २००७ मा स्थापना भएको विद्यालयले निरन्तररुपमा कार्यक्रम आयोजना गरेको बताउनुभयो । मेलमा कलेजका आल्मुनाई, र अन्य विद्यार्थीको सहभागिता रहेको थियो ।
यहा अध्ययन गरेर गएका विद्यार्थीले विभिन्न व्यवसायीक घरानामा काम गर्न सकेको छ । यस्तो कार्यक्रमले विद्यार्थीलाई इभेन्ट मेनेजमेन्ट । ब्याङक्वेट सञ्चालन गर्न समेत अवसर मिलेको प्रिन्सिपल केसीको भनाई थियो ।
विएचएम पढेका विद्यर्थीले विदेशमा समेत रोजगारी पाउन सफल भएको उहाको धारणा थियो । कलेजमा बिएचएममा करिब ३५० विद्यार्थी अध्ययनरत छन् । उनीहरुको भविश्यको लागि कलेजले विभिन्न कार्यक्रम निरन्तर संचालन गरिरहेका छन–प्रिन्सिपल केसीको भनाई थियो ।
उहाले र रैथाने परिकारको संरक्षण, कलेज –समुदायको सम्बन्धको प्रवर्धनका लागि समयसमयमा यस्तै प्रकृतिका कार्यक्रम आयोजना गर्दै आएको र सातौँ संस्करणको यो मेलाले यी उद्देश्य प्राप्त गर्न सफल भएको उल्लेख गर्नुभयो ।
.कार्यक्रममा विद्यार्थीका लेख, रचना तथा सिर्जना समावेश भएको ‘‘नेस्फिल्ड रिफ्लेक्सन’ अर्धवार्षिक पत्रिकाको तेस्रो संस्करण कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक विजयगोपाल श्रेष्ठ र प्रिन्सिपल अरुणकुमार केसीले बिमोचन गर्नुभएको थियो ।
दुई दशक लामो गुणस्तरीय शैक्षिक यात्रामा रहेको कलेजले एमबिएस, बिएचएम, बिबिएम, बिसिए, बिए–बिएसडब्लु, बिबिएस कार्यक्रम सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गरेको कलेजका भाइस प्रिन्सिपल कमलबहादुर खत्रीले बताउनुभयो ।











प्रतिक्रिया