बझाङ।
विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीको प्राविधिक सहयोगमा तीन चरणको विपद् व्यवस्थापन अनुशिक्षण तालिम बझाङका ९० जना किशोर-किशोरी र युवाहरूलाई दिइएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज, प्रगतिशील युवा समाज र जय पृथ्वी नगरपालिकाको समन्वयमा सञ्चालित ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना’ अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।

तालिममा पालिका विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समिति, बाल क्लब, बाल सञ्जाल, किशोर–किशोरी तथा युवाहरू गरी ९० जनाको सहभागिता रहेको थियो। प्रत्येक समूहलाई दुई/दुई दिन गरी तीन चरणमा तालिम दिइएको हो।
कार्यक्रमको सभाध्यक्ष जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक नर बहादुर बोहरा,जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल तीनवटै सुरक्षा प्रमुख ,सहायक जिल्ला अधिकारी, दलित समाजका पदाधिकारी कर्मचारी प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लगायत सराेकारवाला निकायकाे उपस्थिति रहेको थियो।

तालिममा सहभागीहरूलाई विपद्को जानकारी, विगतका घटनाबाट बच्ने उपाय, कानुनी तथा संरचनागत प्रावधान, पानीबाट उद्धार, पहिरोमा परेकाको उद्धार, आगलागी नियन्त्रण, भूकम्प तथा अन्य दुर्घटनाबाट उद्धार गर्ने विधिहरूको सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो।
समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले विपद् न्यूनीकरणमा तालिम प्राप्त सहभागीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै विपद्को घटनामा १२३४ मा सम्पर्क गर्न र घटनाको तथ्याङ्क संकलनमा सहजीकरण गर्न अनुरोध गरेका थिए ।
तालिममा सशस्त्र प्रहरी प्रमुख(डिएसपी) उज्जवल प्रसाद लामिछाने, प्रहरी प्रमुख (डिएसपी ) टेकबहादुर जोरा, राष्ट्रिय अनुसन्धान प्रमुख नरेन्द्र प्रसाद जोशी, साहयक जिल्ला अधिकारी सत्यकुमारी जोशी, दलित समाजका उपाध्यक्ष शारदा नेपाली, कार्यकारी निर्देशक सुनिल नेपाली, प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशी, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल जिल्ला संयोजक मेनका मल्ल, दलित सहयोग समाजका कार्यक्रम संयोजक रमेश बहादुर माली लगायतको उपस्थिति रहेको थियो।

सहभागी तुलसी जोशीले यस तालिमलाई व्यवहारिक जीवनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीले गर्नुभएको थियो।











प्रतिक्रिया