सुनसरीको देवानगञ्ज बजारमा झडप


काठमाडौँ।

सुनसरीको देवानगन्जमा केहीबेरअघि झडप भएको छ । आइतबार राति दुई समूहबीच झडप भएपछि तनावग्रस्त बनेको यहाँ फेरि झडप भएको हो ।

देवानगञ्ज–३ स्थित देवानगन्ज बजारमा मंगलबार राति ८ बजे झडप भइरहेको छ । झडप प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

दुवै पक्ष घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताएको छ ।