काठमाडौँ।
नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाे छ।
आइतबार तोलामा एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार पनि प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला २ लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार तोलामा चार हजार चार सय १० रूपैयाँमा कारोबार भएको थियाे।चाँदी सोमबार चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार ९४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।











प्रतिक्रिया