द रोलिङ स्टोन्स स्कुलद्वारा आयोजित अन्तरविद्यालय कला प्रतियोगिता सम्पन्न (तस्बिरसहित)


काठमाडौं।

भीमसेनस्थान स्थित द रोलिङ स्टोन्स स्कुलद्वारा आयोजित अन्तरविद्यालय कला प्रतियोगिता सम्पन्न भएको छ । कामना परिवारको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा काठमाडौंका करिब एक दर्जन विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार किरण मानन्धरले विद्यार्थीहरूलाई कला सिर्जनामा निरन्तर लागिरहन प्रेरित गर्दै यस्ता प्रतियोगिताले बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विद्यालयका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले बालबालिकाको कलालाई प्रोत्साहन गर्न विद्यालयले चित्रकला प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाँले विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको यो कार्यक्रम महत्वपूर्ण रहेको धारणा व्यक्त गर्दै भन्नुभयो– ‘तपाईंहरूले आफ्ना विद्यार्थीहरूलाई सहभागिता गराईदिनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाईंको स्कुलले आयोजना गरेको यस्तो कार्यक्रममा हाम्रा विद्यार्थीहरू पनि सहभागिता हुने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रममा स्मल हेभेन स्कुल, दिव्यज्ञान, माकुन्स प्ले स्कुल, ग्लोबल भ्याली स्कुल, जगत सुन्दर बोनाकुथी माध्यमिक विद्यालय, परोपकार आदर्श माध्यमिक विद्यालय, होली भिजन सेकेन्डरी स्कुल, श्री चामुण्डा बोर्डिङ स्कुल, स्कुल अफ स्पन्ज लर्नस स्कुल, बेबीजोन प्रि–स्कुल, माउन्ट ग्लोरी बोर्डिङ स्कुल, जुबिलियन्ट स्कुल ,च्याम्स वल्र्ड प्रिस्कुल, टडलर्स एकेडेमी र आयोजक द रोलिङ स्टोन्स स्कुलका विद्यार्थीहरूको सहभागिता थियो ।

बालबालिकामा सिर्जनशीलता, आत्मविश्वास, कल्पनाशक्ति तथा विभिन्न विद्यालयबीच मित्रवत् सम्बन्ध विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सम्मान गर्दै हरेक बालबालिकाको सिर्जना आफैंमा विशेष हुने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रममा यूकेजी, कक्षा १–३, ४–७ र ८–१० गरी चार तहमा विभाजन गरिएको थियो । प्रतियोगितामा युकेजी तहमा बेविजोन प्रि–स्कुल कलंकीकी साइरा महर्जन प्रथम, स्पोन्ज लर्नस मन्टेश्वरी चागलकी रेबिया सिल्पकार द्वितीय, जुबिलियन्ट स्कुल कालिमाटीकी स्वस्तिक मुखिया तृतीय भएका थिए ।
कक्षा १–३ तहअन्तर्गत स्मल हेवन स्कुलका डेनियल शाही प्रथम, जुबिलियन्ट सेकेन्डरी स्कुल कालिमाटीका सिम्रन श्रेष्ठ द्वितीय र जगत सुन्दर बोनेकोथीका मिना तामाङ तृतीय भएका थिए ।

कक्षा ४–७ तहबाट द रोलिङ स्टोनन्का एलेक्स तामाङ प्रथम, होली भिजन बोर्डिङका सत्यम श्रेष्ठ द्वितीय र स्मल हेवनका लिष्मा श्रेष्ठ तृतीय भएका थिए । कक्षा ८–१० तर्फबाट जगत सुन्दर बोनेकुथीका रियाना तामाङ प्रथम, श्री चामुण्डा बोर्डिङकी अनिता प्रजा द्वितीय र दिव्यज्ञान सेकेन्डरी स्कुलका विशाल शाह तृतीय भएका थिए । विद्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हरेक वर्ष चित्रकला प्रतियोगिता, रक्तदान र बृहत् स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

कक्षा १-३

ड्यानियल शाह प्रथम

सिमरन श्रेष्ठ द्वितीय

मीना तामाङ तृतीय

कक्षा ४-७

एलेक्स तामाङ प्रथम

सत्यम श्रेष्ठ द्वितीय

लिष्मा श्रेष्ठ तृतीय

कक्षा ८–१०

रियाना तामाङ प्रथम

अनिता प्रजा द्वितीय

विशाल शाह तृतीय