भक्तपुर ।
नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ख्याल: मेला (राम शेखरया ख्याल: ब्वज्या) आज शनिबार ९ गतेदेखि १९ मंगलबारसम्म आस्था थियटर लिवालीमा(ख्वप इन्जिनियरिङ कलेजसँगै) हुने भएको छ ।
११ दिने ख्याल: मेलामा राम शेखर नकर्मीद्वारा रचित १० वटा ख्याल: हरु प्रत्येक दिन एक ख्याल: मञ्चन हुनेछ ।सुरुकाे दिनमा ख्यालः मञ्चन भक्तपुर साकोसको खेल खत्तम, ख्वप कलेजको छेरावती द्य :, स्टार वाचनालयको १२ बजे, बहुरङ्गी रंगकर्मी समूहको खुँयाता ज्वँ ज्वं, बाल बिकास ईङ्गलिस स्कुलको तन्त्र टाब्लेट नेपाली भाषामा, प्रभात माविको खुँ, श्रमिक साकोसको तन्त्र टाब्लेट, नेक्राविसंघ भनपा-१ को टुरिष्ट गाइड, शहिद निर्मल- पुष्प स्मृति वाचनालयको अस्पतालया ज्या, जेँला सांस्कृतिक समाजको रानी पुखु तथा अन्तिम दिन खेल खत्तम पुनः मञ्चन गरी ख्याल: मञ्चन हुने आयोजकले जनाएको छ ।
उक्त मेलामा साउन १३ गते नेपाली भाषाबाट एकमात्र ख्याल: बाल बिकास ईङ्गलिस स्कुलको तर्फबाट तन्त्र टाब्लेट नामक ख्याल प्रस्तुत हुनेछ ।











प्रतिक्रिया