खोटाङ ।
खोटाङमा भरुवा बन्दुकसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले साकेला गाउँपालिका–१ सेखुवाका २८ बर्षीय उर्गेन राई र सोही स्थानका २४ बर्षीय दिपेन राईलाई पक्राउ गरेको हो ।
प्रहरीले उर्गेनको घर नजिकै बनमाराको झाडी भित्र लुकाई छिपाई राखेको भरुवा बन्दुकसहित फलामको टुक्राहरु, बारुद लगायतका बस्तुहरु बरामद गरेको जनाएको छ ।
राईद्वयलाई जिल्ला अदालतबाट म्याद अनुमती लिई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले उल्लेख गरेको छ । शुक्रबार भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने जानकारी प्राप्त हुन साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएका थिए ।











प्रतिक्रिया