काठमाडौं ।
नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।


महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सरकारले प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाइएको छ। महासंघले समानुपातिक विज्ञापन नीति कार्यान्वयन, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चारगृहको सुरक्षा, पत्रकारको बिमा तथा सामाजिक सुरक्षाको सुनिश्चितता गर्न माग गरेको छ।
महासंघले सर्वोच्च अदालतको सरकारी विज्ञापन वितरणसम्बन्धी आदेशको कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दै संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत माग गरेको छ।











प्रतिक्रिया