भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा


काठमाडौं।

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट (NEET) पेपर लिक प्रकरणलाई लिएर उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तर तथा विभिन्न राज्यमा प्रदर्शन भइरहेको थियो।

प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको जानकारी दिएका हुन्। उनले देशको एकता कायम राख्न, विद्यार्थीहरूको भविष्य कानूनी जटिलतामा नपरोस् र उनीहरू अध्ययन तथा करियर निर्माणमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

यसअघि कांग्रेससहितका विपक्षी दलहरूले पनि निट पेपर लिक प्रकरणको नैतिक जिम्मेवारी लिँदै प्रधानको राजीनामा माग गर्दै आएका थिए।