काठमाडौं ।
सामसङ नेपालले सामसङ इनोभेसन क्याम्पस (SIC) अन्तर्गतको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीलाई सम्मान गर्दै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रमका लागि आवेदन खुला गरेको छ।
सामसङका अनुसार नयाँ एआई कार्यक्रमले युवालाई उद्योग–सान्दर्भिक सीप, व्यावहारिक अनुभव र करियर मेन्टरिङ प्रदान गर्नेछ। साथै, ग्र्याजुएटहरूलाई निरन्तर सहयोग गर्न ‘सामसङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने योजना पनि रहेको कम्पनीले जनाएको छ। सामसङले यस पहलले एआई–तयार जनशक्ति उत्पादन गरी नेपालको डिजिटल रूपान्तरणलाई टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया