कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न प्रचण्डको आह्वान


काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न एकताबद्ध हुन आह्वान गरेका छन्।

नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले देशमा निरंकुश प्रवृत्ति बढ्दै गएको दाबी गर्दै त्यसविरुद्ध फेरि संघर्ष गर्नुपर्ने अवस्था आएको बताए। उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउँदै देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए।