काठमाडौं ।
भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। देशभर फैलिएको परीक्षा प्रश्नपत्र (पेपर लिक) प्रकरण र त्यसविरुद्ध चर्किएको विद्यार्थी आन्दोलनको दबाबपछि उनले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाएका हुन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रियस्तरका प्रवेश परीक्षामा बारम्बार प्रश्नपत्र चुहिएको आरोपपछि विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा थिए। आन्दोलनमा विपक्षी दलहरूले पनि साथ दिएका थिए र प्रधानको राजीनामालाई प्रमुख माग बनाएका थिए।
राजीनामापछि प्रधानले सार्वजनिक सन्देश जारी गर्दै देशभर विकसित परिस्थितिलाई ध्यानमा राखी थप तनाव नबढोस् भन्ने उद्देश्यले आफूले नैतिक जिम्मेवारी स्वीकार गर्दै पद त्यागेको बताएका छन्। पछिल्ला केही सातादेखि नयाँदिल्लीसहित भारतका विभिन्न शहरमा विद्यार्थीहरूले परीक्षा प्रणालीमा सुधार, पेपर लिकमा संलग्नमाथि कडा कारबाही र शिक्षामन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन गरिरहेका थिए। यही आन्दोलन अन्ततः प्रधानको राजीनामासँग टुंगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।











प्रतिक्रिया