केन्द्रीय कारागारबाट फरार कैदी काभ्रेबाट पक्राउ


काठमाडौं ।

गत वर्ष प्रदर्शनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका एक कैदी काभ्रेपलाञ्चोकबाट पक्राउ परेका छन्।

प्रहरीका अनुसार मुद्रा सम्बन्धी कसुर मुद्दामा कैद सजाय भुक्तानी गरिरहेका विशाल भन्ने छत्रबहादुर कार्कीलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बनेपासँगको समन्वयमा खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ चौकोटबाट पक्राउ गरेको हो।

कार्की २०८२ भदौ २४ गते भएको प्रदर्शनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए।

पक्राउ परेका कार्कीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।