काठमाडौं ।
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जनाएकाे हाे । उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू गृहमन्त्री सुधन गुरुङलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले रोकेको थियो
उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको हाे ।











प्रतिक्रिया