काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले गत जेठ महिनामा सञ्चालित स्नातकोत्तर (पीजी) तहका विभिन्न शैक्षिक कार्यक्रममा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूको विवरण सार्वजनिक गरेको छ। अन्तिम परीक्षामा उत्कृष्ट नतिजा ल्याउने यी चिकित्सकहरूलाई आईओएमले स्वर्णपदक (गोल्ड मेडल) बाट विभूषित गर्ने भएको छ।
आईओएमका अनुसार विभिन्न विषयमा सर्वोत्कृष्ट अंक ल्याएर गोल्ड मेडल प्राप्त गर्ने १० जना चिकित्सकहरूमध्ये नौ जना महाराजगञ्ज मेडिकल क्याम्पसका रहेका छन्। बाँकी एक जना भने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका विद्यार्थी छन्।
स्वर्णपदक विजेता चिकित्सकहरूको विवरण
महाराजगञ्ज मेडिकल क्याम्पसबाट विभिन्न विधामा सर्वोत्कृष्ट हुने चिकित्सकहरू:
एमडी एनेस्थेसियोलोजी: डा. रेश्मा श्रेष्ठ (७६.८६%)
एमडी डर्माटोलोजी: डा. मनिषा गर्तौला (७३.१४%)
एमडी इन्टरनल मेडिसिन: डा. प्रशन्न कार्की (७६.००%)
एमडी अब्स गाइने: डा. अशिम प्रजापति (७५.७१%)
एमडी साइक्याट्री: डा. इला थापा (७०.३८%)
एमडी रेडियोडायग्नोसिस: डा. प्रियस श्रेष्ठ र डा. शिभाली राव (समान ७९.००%)
एमएस इएनटी: डा. मनिष न्यौपाने (७५.००%)
एमएस जनरल सर्जरी: डा. होमेन्द्रकुमार साह (७५.२०%)
त्यस्तै, नेपाली सेना स्वास्थ्य विज्ञान अध्ययन संस्थानका डा. सिन्धु ज्ञवालीले एमडी प्याथोलोजी विषयमा ६८.२९ प्रतिशत अंकका साथ त्रिवि टप गर्दै स्वर्णपदक सुरक्षित गरेका छन्।











प्रतिक्रिया