आज पनि देशभर केही स्थानमा भारी वर्षा हुनसक्ने


काठमाडौँ । 

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। रातिको समयमा पनि देशभर बदली रही विभिन्न क्षेत्रमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।