काठमाडौं ।
आईसीसी विश्वकप लिग टु मा नेपाल मंगलबार राति नमिबियासँग ८ विकेटको हार बेहोर्दै महत्वपूर्ण २ अंक गुमाएको छ । लिग टू को शीर्ष चारमा रहँदैं सीधै विश्वकपमा पुग्ने लक्ष्यमा रहेको यो हारले नेपाललाई धक्का लागेको हो ।
यो हारपछि नेपालको २९ खेलबाट २४ अंक रहेको छ भने नामिबियाले पनि २ अंक थप गर्दै २९ खेलमै २४ अंक बनायो । यो नतिजाले दुबैको स्थानलाई कुनै हेरफेर गर्न भने सकेन । नेपाल पाँचौं स्थानमा र नामिबिया सातौं स्थानमा रहेका छन् ।
यो प्रतियोगिताबाट शीर्ष चार ४ टोलीहरूले आगामी विश्वकप (एकदिवसीय) मा सीधै छनोट हुन पाउनेछन् । साथै यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता बचाउने माध्यम पनि हो ।
नेदरल्यान्ड्समा भइरहेको प्रतियोगिताअन्तर्गत् यो त्रिकोणीय सिरिज नेपाल र नामिबिया दुबै टोलीको आठौं सिरिज हो । यसमा नेपालले ३ खेल र अन्तिम सिरिजमा ४ खेल गरी जम्मा १४ अंक बटुल्न सक्ने अवसर रहेको छ । यसका लागि नेपालले सबै खेलमा जित हासिल गर्नु पर्दछ ।
कमजोर ब्याटिङ
नामिबियासँग हार हुनु को मुख्य कारण नै नेपालको कमजोर ब्याटिङ थियो । नेपालले मात्र १ सय ५८ रनको लक्ष्य दिएकोमा नामिबियाले २ विकेटको क्षतिमा ३७.४ ओभरमा प्राप्त गरेको थियो । नामिबियाका ओपनर माइकल भान लिंगेनले ५१ रन बनाए भने जान फ्राइनीक ७७ रनमा नटआउट रहेका थिए ।
यी दुबैको साझेदारी तोड्न निकै ढिलो गरेको हुँदा नै नेपालले नामिबियालाई चुनौती दिन सकेन । उनीहरूले दोस्रो विकेटका लागि ८७ रन साझेदारी गर्दै स्कोर १ सय ८ रनमा पु¥याएका थिए । यो साझेदारी कप्तान रोहित पौडेलले नै बलिङको मोर्चा सम्हालेर तोडेका थिए । यसपछि पनि कुनै विकेट लिन नसक्नु पनि नेपालको पक्षमा नतिजा आउन नसकेको थियो । यसअघि नन्दन यादवले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
स्मितको बलिङले नेपाली ब्याटिङ धरासयी
जेजे स्मितको घातक बलिङमा नेपाली ब्याटिङ धरासयीमा परेको थियो । स्मितले ९.५ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका थिए । उनको बलिङमा आउट भएका खेलाडीहरू कुशल भुर्तेल (२), इशान पाण्डे (८), गुलशन झा (२०), सोमपाल कामी (१५), करण केसी (१८) र नन्दन यादव (१) थिए ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाएका थिए । उनलाई ज्याक ब्रसेलले आउट गरेका थिए । ब्रसेलले नै आसिफ शेखको विकेट लिएका थिए । आसिफले १६ रन मात्रै बनाएका थिए । यस्तै बर्नाड स्कोल्सको बलिङमा दीपेन्द्रसिंह ऐरी ३० रन बनाएर आउट भएका थिए ।











प्रतिक्रिया