एनआईसी एशिया बैंकका ग्राहकलाई हेल्थी च्वाइसमा २० प्रतिशतसम्म छुट


काठमाडौँ ।

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बालुवाटारस्थित हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा विभिन्न स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीअनुसार बैंकका ग्राहकले हस्पिटलमा उपलब्ध हेयर ट्रान्सप्लान्टेसन एन्ड रेस्टोरेसन, डर्माटोलोजी एन्ड स्किन ट्रिटमेन्ट तथा एस्थेटिक एन्ड बडी स्लिमिङअन्तर्गतका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

त्यसैगरी, प्लास्टिक सर्जरीअन्तर्गतका सेवामा ५ हजारदेखि १० हजार रुपैयाँसम्म छुट तथा औषधि, यूएसजी, टीएमटी र ईसीजीलगायत सेवामा १० प्रतिशत छुटको सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

उक्त छुट सुविधा लिन ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुपर्नेछ।

बैंकका अनुसार हस्पिटलसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धनमा समेत सहयोग पुग्नेछ। यसबाट नगदरहित कारोबारलाई थप प्रोत्साहन मिल्ने बैंकको विश्वास छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवा प्रदायक संस्थासँगको सहकार्यलाई निरन्तरता दिइएको छ।