देशलाई निकास दिन वीपीको मेलमिलाप नीति आवश्यक : डा. शेखर कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई निकास दिन वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप र एकताको नीतिलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। वीपीको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पहिले पार्टीभित्र र त्यसपछि राष्ट्रिय हितका लागि सबै राजनीतिक शक्तिबीच एकता आवश्यक रहेको बताए।

उनले वीपी कोइरालाको राष्ट्रप्रेम, त्याग र साहसको स्मरण गर्दै युवा तथा विद्यार्थीलाई वीपीको संघर्ष बुझ्न सुन्दरीजल भ्रमण गर्न आग्रह गरे। कोइरालाले भने प्रजातन्त्र र राष्ट्रियतालाई सँगसँगै अघि बढाउने वीपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो।