काठमाडौँ ।
कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा इभी कारभित्र आगलागी हँुदा नरदेवीका सुरेशचन्द श्रेष्ठको मृत्यु भएको छ । बिहान आगलागी हुँदा बा ५ च ३०३८ नम्बरको कारमा आगो लागेको थियो ।
कारमा आगो लागेको देखेपछि स्थानीयवासी घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार कारभित्र मान्छे देखेपछि ढोका खोल्ने प्रयास पनि भएको थियो । त्यसलगत्तै प्रहरीको टोली घटनास्थल पनि पुगेको थियो । हिजो दिउँसो अबेर मात्र श्रेष्ठको परिचय खुलेको थियो । आगलागीमा परेका श्रेष्ठको आगो लागेको शवलाई त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । पोष्टमार्टम गर्दा शव पूर्ण जलिसकेको थियो ।
प्रहरी वृत्त कीर्तिपुरको प्रहरी टोली घटनास्थलमा पुग्दा कारभित्र मान्छे जलिसेकेको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले चालक बस्ने सिटमा सिट बेल्टसमेत लगाएर बसेको अवस्थामा कारभित्रै पुरुषको जलेर मृत्यु भएको हो ।
मृतक श्रेष्ठको आफ्नै कार भएको प्रहरीको भनाइ छ । कसरी ? के कारणले आगलागी भयो ? भन्ने विषयमा अनुसन्धान भैरहेको छ । प्रहरी र स्थानीयले आगलागीको घटना शङ्कास्पद हुनसक्ने अनुमान गरेका छन् ।











प्रतिक्रिया