काठमाडौँ।
छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। त्रियोग हाइ स्कुलको आयोजनामा हुने तीनदिने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न ८ वटा स्पर्धा समावेश गरिएको छ। स्विस लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीहरूलाई विभिन्न उमेर समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगिताको पहिलो दिन बुधबार कक्षा ३ सम्मका छात्र तथा छात्रा र कक्षा ४ तथा ५ उमेर समूहका छात्र–छात्राबीच प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी बिहीबार कक्षा ६–७ तथा कक्षा ८–१० समूहको छनोट चरणका खेल सञ्चालन हुनेछन्। प्रतियोगिताको अन्तिम चरणका खेल शुक्रबार हुने आयोजकले जनाएको छ।
हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिताको छैटौँ संस्करण यसपटक त्रियोग हाइ स्कुलको ४०औँ स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको हो।











प्रतिक्रिया