पर्वतको बन्जिसाईड भिरबाट हाम फालेका व्यक्तिको शव निकालियो


काठमाडौं ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ स्थित बन्जिसाईडको भिरबाट हाम फालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ । बाग्लुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षिय दिपेन्द्र नेपाली साउन ४ गते साँझ करीव ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।

सो लगत्तै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोलीले फेला नपारेपछि पुनः आज बिहान उक्त गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करीव सवा ७ बजे फेला पारेको थियो ।

सो टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करीव १ सय ३० मिटर तल भिरबाट झण्डै ३५ मिनेटको प्रयासमा निकालेको थियो । उनी सामान्य घरायसी विवादका कारण उक्त भिरबाट हाम फालेको बताईएको छ ।