मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर र टेस्ला डाएग्नोस्टिकमा विशेष छुट


काठमाडौं।

मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंका दुई संस्थामा विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्।

बैंकले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डाएग्नोस्टिकसँग छुट तथा सुविधा उपलब्ध गराउने गरी व्यावसायिक सम्झौता गरेको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म र स्पा सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

त्यस्तै, टेस्ला डाएग्नोस्टिकमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्स–रे, डेन्टल एक्स–रे, औषधिलगायत विभिन्न स्वास्थ्यसम्बन्धी सेवामा ५ देखि १० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ।

उक्त छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभलेज कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि छुट सुविधा प्राप्त गर्न सकिने जनाइएको छ।

मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

यसैबीच, बैंकले आधार दर + ०.०० प्रतिशत मा विशेष अटो लोन योजना समेत सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार ग्राहकलाई वित्तीय सेवासँगै अन्य आवश्यक सेवा तथा सुविधामा समेत सहुलियत उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ।