दुई वर्षअघि स्थापित नेपाल अटोमाबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यही श्रावण २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना गर्ने भएको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी एक्स्पो दाबी गरिएको यो प्रदर्शनीमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादनहरू लन्च गर्ने उद्घोष गरेको सम्बन्धमा त्यसको समग्र तयारीको सम्बन्धमा नाइमा अटो शो योजना कमिटीका संयोजक गौरव शारडासँग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः
नेपाल मोबिलिटी एक्स्पोका तयारी कहाँ पुगेको छ ?
विगतको अनुभवबाट समेत सिक्दै नाइमाले नेपाल मोबिलिटी एक्स्पो – २०२६ को तयारी अघि बढाएका छौँ। यसको तयारी तीब्र रूपमा भइरहेको छ। यही साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय गरेका छौ“।यस वर्षको प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नया“ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिनेछ।एक्स्पोमा दुईपा∙ा, चारपा∙ा, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, सेवा तथा अन्य नवीनतम उत्पादनहरू प्रदर्शन गरिनेछ। यसमा ट्रकहरू हुँदैन।हाम्रा सदस्यहरू नै दुईपा∙ा, चारपा∙ा, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधिका रहेका छन्।सदस्यहरूबाट आएको मागको आधारमा हामीले एक्स्पो गर्न लागेका हौ“।
प्रदर्शनीको मुख्य उद्देश्यहरू के के हुन् ?
प्रदर्शनीको उद्देश्य भनेकै नाइमाका सदस्य कम्पनीले उपलब्ध गराउने विभिन्न ब्रान्डका सवारी साधनलाई एक ठाउँमा ग्राहक समक्ष राखेर बिक्री गर्नु नै हो। यसले गाडी खरिदका लागि सहज वातावरण बनाउने छ। हामीले विशेषगरी दसै““अघि प्रदर्शनी आयोजना गर्नुको कारण यही बेला सवारीसाधनको माग बढी हुने भएकाले हो।उत्सवको माहोलमा धेरैले नयाँ गाडी किन्ने योजना बनारहेका हुन्छन्।प्रदर्शनीमा आएर ग्राहकहरूले विभिन्न ब्रान्डका गाडी हेर्न, तुलना गर्न, नया“ प्रविधिबारे जानकारी लिन र आफूलाई उपयुक्त गाडी छनोट गर्न सक्नुहुन्छ।यसका साथै, प्रदर्शनी सदस्य कम्पनीहरूको व्यापार प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम पनि हो।यहा“ हुने बुकिङमध्ये अधिकांश गाडी दसैँको अवसर पारेर बिक्री तथा हस्तान्तरण गरिन्छ।त्यसैले यो प्रदर्शनी ग्राहक र व्यवसायी दुवैका लागि लाभदायी हुने अपेक्षा गरेका छौ“।अर्को उद्देश्य भनेको नेपालमा आधुनिक, सुरक्षित र दिगो मोबिलिटीको विकासलाई प्रोत्साहन गर्नु हो।यसले विद्युतीय तथा नयाँ प्रविधिका सवारीसाधनलाई प्रवद्र्धन गर्नुका साथै रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक गतिविधिलाई पनि टेवा पु¥याउने विश्वास लिएका छौ“।
प्रदर्शनीपछि कति गाडी बिक्री हुन्छ?
यकिन रूपमा कति गाडी बिक्री भयो भन्ने तथ्याङ्क भन्न गाह्रो हुन्छ, किनकि सबै कम्पनीले आफ्नो बिक्री विवरण सार्वजनिक गर्दैनन्।यसअघि पनि यस्तो तथ्याङ्क संकलन गर्ने प्रयास भएको थियो, तर पूर्ण विवरण प्राप्त हुन सकेको थिएन।तर, अटोमोबाइल क्षेत्रको अनुभवका आधारमा हेर्दा दसै“अघि सवारीसाधनको माग उल्लेखनीय रूपमा बढ्ने गर्छ।उद्योगमा प्रचलित अनुमानअनुसार वार्षिक सवारीसाधन कारोबारको करिब ३० प्रतिशत कारोबार दसै“अघिको अवधिमै हुने गरेको मानिन्छ।त्यसैले यो प्रदर्शनीले पनि यही उच्च मागको समयमा ग्राहक र व्यवसायीबीच प्रभावकारी सेतुको काम गर्ने अपेक्षा गरेका छौ“।
विद्युतीय सवारीसाधन आयातमा अहिले पनि कुनै समस्या छ?
अहिले विद्युतीय सवारीसाधन भन्सारबाट आयात गर्न पहिलेजस्तो ठूलो समस्या छैन।विगतमा केही प्राविधिक र प्रक्रियागत जटिलता थिए, तर ती क्रमशः समाधान हु“दै गएका छन्।यद्यपि, केही प्राविधिक पूर्वाधार अझै सुदृढ बनाउन आवश्यक छ।विशेषगरी उच्च क्षमताका विद्युतीय सवारीसाधनको परीक्षण तथा प्रमाणीकरणका लागि आवश्यक उपकरण र मापदण्डको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष हामीले आवश्यक सुझाव र माग प्रस्तुत गरेका छौ“।यसलाई क्रमशःसम्बोधन गर्दै जानेमा हामी आशावादी छौ“।अहिले पनि परीक्षणका लागि आवश्यक केही उपकरणको अभाव छ।उदाहरणका लागि, पेट्रोलबाट चल्ने सवारी साधनको इन्जिन क्षमता (सीसी) वा अन्य प्राविधिक मापदण्ड प्रभावकारी रूपमा परीक्षण गर्न आवश्यक आधुनिक उपकरण सबै निकायस“ग उपलब्ध छैनन्।त्यसैले विद्युतीय सवारीसाधन मात्र होइन, समग्र सवारी परीक्षण प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनु आवश्यक छ।
विद्युतीय गाडीको परीक्षणको लागि पूर्वाधार विकास गर्नुपर्ने जरुरी कतिको देख्नुहुन्छ?
त्यही पेटोल गाडी अरबमा एकदम ठूलो सीसीको हुन्छ।पेट्रोल इन्जिनको हुन्छ।त्यही गाडीमा जापानमा हुन्छ। लोएर इन्जिनम हुन्छ।त्यही गाडी अष्ट्रेलियामा डिजेल इन्जिनको हुन्छ।इन्जिन परिर्वतन कति गाहो।मोटर परिर्वतन गर्न गाहो छ।भनेको मतलब एउटै मोडलको गाडी विभिन्न देशका लागि फरक–फरक इन्जिनसहित उत्पादन हुने गर्छ।उदाहरणका लागि, मध्यपूर्वका लागि पेट्रोल इन्जिन भएको गाडी, जापानका लागि कम क्षमताको पेट्रोल इन्जिन भएको संस्करण, र अष्ट्रेलियाका लागि डिजेल इन्जिन भएको संस्करण आउन सक्छ।यसले एउटै मोडलमा पनि बजारअनुसार इन्जिन फरक हुन सक्ने देखाउ“छ।तर विद्युतीय सवारीसाधनमा मोटर र त्यसस“ग सम्बन्धित प्रणाली परिवर्तन गर्नु परम्परागत इन्जिन परिवर्तनजस्तो सहज हु“दैन।त्यसका लागि विशेष प्राविधिक मापदण्ड र परीक्षण प्रणाली आवश्यक पर्छ।यही कारणले नेपालले पनि सवारी साधन परीक्षणका लागि आवश्यक प्राविधिक पूर्वाधार विकास गर्नुपर्छ।

विद्युतीय गाडीको टिकाउ बारे मानिसहरूमा अनेक शङ्काहरू गर्ने गर्छन् । यसलाई कसरी लिनुभएको छ ?
नया“ प्रविधि आउ“दा मानिसमा केही जिज्ञासा र केही डर हुनु स्वाभाविक हो।विद्युतीय सवारी साधनका विषयमा पनि सुरुमा यस्तै आशङ्का देखिएको थियो।तर अहिले विश्वभर यसको प्रयोग तीव्र रूपमा बढिरहेको छ र यसको विश्वसनीयता पनि प्रमाणित हु“दै गएको छ।विद्युतीय गाडी वातावरणमैत्री हुनुका साथै सञ्चालन खर्च पनि तुलनात्मक रूपमा कम हुन्छ।सबैभन्दा महत्वपूर्ण कुरा, अहिले अधिकांश ब्रान्डले ब्याट्रीमा लामो अवधिको वारेन्टी उपलब्ध गराइरहेका छन्।उदाहरणका लागि, हामीले बिक्री गर्ने गाडीमा ब्याट्रीका लागि ११ वर्षसम्मको वारेन्टी प्रदान गरिरहेका छौ“।यसले पनि विद्युतीय गाडीको टिकाउपन र गुणस्तरप्रति उत्पादक कम्पनीको विश्वास देखाउ“छ।त्यसैले विद्युतीय गाडीको टिकाउबारे अनावश्यक चिन्ता गर्नुपर्ने अवस्था छैन।नियमित मर्मतसम्भार र सही प्रयोग भएमा यसले लामो समयसम्म भरपर्दो सेवा दिन सक्छ।
इभी (विद्युतीय) गाडी चलाउने चालकलाई विशेष प्रशिक्षण आवश्यक पर्छ कि पर्दैन?
विद्युतीय गाडी चलाउन छुट्टै वा जटिल प्रकारको प्रशिक्षण आवश्यक पर्दैन।अटोमेटिक (ब्गतयmबतष्अ) गाडी चलाउन जति सीप र प्रशिक्षण आवश्यक हुन्छ, विद्युतीय गाडी चलाउन पनि लगभग त्यति नै आवश्यक हुन्छ।मुख्य कुरा चालकले गाडीका आधारभूत सञ्चालन प्रणाली, सुरक्षा मापदण्ड र चार्जिङ प्रक्रियाबारे जानकारी राख्नुपर्छ।त्यसबाहेक, विद्युतीय गाडीमा गियर परिवर्तन गर्नुपर्ने झन्झट कम हुने भएकाले धेरै चालकले यसलाई चलाउन अझ सहज अनुभव गर्ने गरेका छन्।त्यसैले इभी गाडी चलाउन विशेष डर मान्नुपर्ने अवस्था छैन।अटोमेटिक गाडी चलाउन सक्ने चालकले सामान्य अभिमुखीकरणपछि विद्युतीय गाडी पनि सहज रूपमा चलाउन सक्छ।
नाइमाले सामाजिक उत्तरदायित्वअन्तर्गत के–कस्ता काम गर्दै आएको छ?
नाइमा केवल विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा मात्र सीमित छैन, सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै आएको छ।गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर नीतिगत वकालत गर्नुका साथै पहिलो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो सफलतापूर्वक आयोजना गरेको थियो।त्यसैगरी, काठमाडौँ उपत्यकाका १,६१० ट्राफिक प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिममा सहयोग गरेको छ।जेन्जी विद्रोहका क्रममा क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग उपलब्ध गराएको छ भने काठमाडौ“ उपत्यकाका विभिन्न ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागलाई आवश्यक सहयोग पनि प्रदान गरेको छ।पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसस“ग सहकार्य गरी विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छौ“।यसका अतिरिक्त, नाइमाले सरकारी निकायहरूस“ग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र सडक प्रयोग सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशाला, छलफल र क्षमता अभिवृद्धिका कार्यक्रम मार्फत सुरक्षित, व्यवस्थित र दिगो यातायात प्रणाली विकासमा पनि योगदान पु¥याइरहेको छ।
आगामी योजनाहरू के छन् ?
आगामी दिनमा मोबिलिटी क्षेत्रमा सीप विकास, अनुसन्धान र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना छ। साथै, सदस्य कम्पनी र उद्योग क्षेत्रको मागलाई ध्यानमा राख्दै कमर्सियल मोबिलिटी ब्रान्डलाई लक्षित छुट्टै मोबिलिटी एक्स्पो आयोजना गर्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेका छौ“।
अन्त्यमा पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?
साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा परिवारसहित सहभागी हुन सबैलाई हार्दिक निमन्त्रणा गर्दछु।अपांगता भएका व्यक्तिका लागि सहज पहु“च सुनिश्चित गर्ने छौ“।नेपाल पुलिस क्लबमा पार्किङ सुविधा हुनेछ। पठाओमार्फत छुटसहितको राइड सेवा उपलब्ध हुनेछ भने युनियन पेमार्फत क्यूआर कोडबाट टिकट खरिद गर्ने आगन्तुकले क्यासब्याक सुविधा पनि पाउनेछन्।यहाँ नयाँ प्रविधि, आधुनिक सवारीसाधन र नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुनेछ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले मोबिलिटी, सडक सुरक्षा, प्रविधि, उपभोक्ता सचेतना, सीप विकास र नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे प्रस्तुति दिनेछन्।
-विगतको अनुभवबाट समेत सिक्दै नाइमाले नेपाल मोबिलिटी एक्स्पो – २०२६ को तयारी अघि बढाएका छौ“। यसको तयारी तीब्र रूपमा भइरहेको छ।यही साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौ“को भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय गरेका छौ“।यस वर्षको प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नया“ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिनेछ।
– एक्स्पोमा दुईपा∙ा, चारपा∙ा, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, सेवा तथा अन्य नवीनतम उत्पादनहरू प्रदर्शन गरिनेछ। यसमा ट्रकहरू हु“दैन।हाम्रा सदस्यहरू नै दुईपा∙ा, चारपा∙ा, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधिका रहेका छन्।सदस्यहरूबाट आएको मागको आधारमा हामीले एक्स्पो गर्न लागेका हौँ।
– प्रदर्शनीको उद्देश्य भनेकै नाइमाका सदस्य कम्पनीले उपलब्ध गराउने विभिन्न ब्रान्डका सवारी साधनलाई एक ठाउ“मा ग्राहक समक्ष राखेर बिक्री गर्नु नै हो। यसले गाडी खरिदका लागि सहज वातावरण बनाउने छ।
-हामीले विशेषगरी दसै“अघि प्रदर्शनी आयोजना गर्नुको कारण यही बेला सवारीसाधनको माग बढी हुने भएकाले हो।उत्सवको माहोलमा धेरैले नया“ गाडी किन्ने योजना बनारहेका हुन्छन्।
– प्रदर्शनीमा आएर ग्राहकहरूले विभिन्न ब्रान्डका गाडी हेर्न, तुलना गर्न, नया“ प्रविधिबारे जानकारी लिन र आफूलाई उपयुक्त गाडी छनोट गर्न सक्नुहुन्छ।यसका साथै, प्रदर्शनी सदस्य कम्पनीहरूको व्यापार प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम पनि हो।यहा“ हुने बुकिङमध्ये अधिकांश गाडी दसै“को अवसर पारेर बिक्री तथा हस्तान्तरण गरिन्छ।
– अटोमोबाइल क्षेत्रको अनुभवका आधारमा हेर्दा दसै“अघि सवारीसाधनको माग उल्लेखनीय रूपमा बढ्ने गर्छ।उद्योगमा प्रचलित अनुमानअनुसार वार्षिक सवारीसाधन कारोबारको करिब ३० प्रतिशत कारोबार दसै“अघिको अवधिमै हुने गरेको मानिन्छ।त्यसैले यो प्रदर्शनीले पनि यही उच्च मागको समयमा ग्राहक र व्यवसायीबीच प्रभावकारी सेतुको काम गर्ने अपेक्षा गरेका छौ“।
– अहिले विद्युतीय सवारीसाधन भन्सारबाट आयात गर्न पहिलेजस्तो ठूलो समस्या छैन।विगतमा केही प्राविधिक र प्रक्रियागत जटिलता थिए, तर ती क्रमशः समाधान हु“दै गएका छन्।यद्यपि, केही प्राविधिक पूर्वाधार अझै सुदृढ बनाउन आवश्यक छ।
– विशेषगरी उच्च क्षमताका विद्युतीय सवारीसाधनको परीक्षण तथा प्रमाणीकरणका लागि आवश्यक उपकरण र मापदण्डको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष हामीले आवश्यक सुझाव र माग प्रस्तुत गरेका छौ“।
– नया“ प्रविधि आउ“दा मानिसमा केही जिज्ञासा र केही डर हुनु स्वाभाविक हो।विद्युतीय सवारी साधनका विषयमा पनि सुरुमा यस्तै आशंका देखिएको थियो।तर अहिले विश्वभर यसको प्रयोग तीव्र रूपमा बढिरहेको छ र यसको विश्वसनीयता पनि प्रमाणित हु“दै गएको छ।
– विद्युतीय गाडी वातावरणमैत्री हुनुका साथै सञ्चालन खर्च पनि तुलनात्मक रूपमा कम हुन्छ।सबैभन्दा महत्वपूर्ण कुरा, अहिले अधिकांश ब्रान्डले ब्याट्रीमा लामो अवधिको वारेन्टी उपलब्ध गराइरहेका छन्।
– विद्युतीय गाडी चलाउन छुट्टै वा जटिल प्रकारको प्रशिक्षण आवश्यक पर्दैन।अटोमेटिक (ब्गतयmबतष्अ) गाडी चलाउन जति सीप र प्रशिक्षण आवश्यक हुन्छ, विद्युतीय गाडी चलाउन पनि लगभग त्यति नै आवश्यक हुन्छ।मुख्य कुरा चालकले गाडीका आधारभूत सञ्चालन प्रणाली, सुरक्षा मापदण्ड र चार्जिङ प्रक्रियाबारे जानकारी राख्नुपर्छ।
– नाइमा केवल विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा मात्र सीमित छैन, सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै आएको छ।गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर नीतिगत वकालत गर्नुका साथै पहिलो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो सफलतापूर्वक आयोजना गरेको थियो।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशाला, छलफल र क्षमता अभिवृद्धिका कार्यक्रम मार्फत सुरक्षित, व्यवस्थित र दिगो यातायात प्रणाली विकासमा पनि योगदान पु¥याइरहेको छ।
– नया प्रविधि, आधुनिक सवारीसाधन र नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुनेछ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले मोबिलिटी, सडक सुरक्षा, प्रविधि, उपभोक्ता सचेतना, सीप विकास र नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे प्रस्तुति दिनेछन्।











प्रतिक्रिया