मेटलाइफ स्टेडियम : फिफा विश्वकप फाइनलको महाकेन्द्र


काठमाडौं ।

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियम अहिले विश्व फुटबलको महाकुम्भको केन्द्र बनेको छ । 

यही स्टेडियममा आइतबार राति आयोजना हुने भव्य समापन समारोहसँगै यस पटकको ‘विश्व च्याम्पियन’ को टुंगो लाग्नेछ । करिब ८२ हजारभन्दा बढी दर्शक क्षमता रहेको यो अत्याधुनिक र प्रतिष्ठित रंगशाला केवल एक खेल मैदान मात्र नभएर अमेरिकी खेल संस्कृतिको जीवन्त प्रतीक समेत हो । विशाल एलइडी प्रणाली, उच्चस्तरीय ध्वनि प्रविधि, चुस्त सुरक्षा व्यवस्था र प्रत्यक्ष प्रसारणका लागि तयार पारिएका विश्वस्तरीय पूर्वाधारले गर्दा यो विशाल प्रतियोगिताका लागि सर्वोत्कृष्ट थलोको रूपमा स्थापित भएको छ । 

समापन समारोहलाई अझ रोमाञ्चक र अविस्मरणीय बनाउन रंगशालालाई विशेष रूपमा सिंगारिएको छ । जहाँ अत्याधुनिक लेजर शो, विशाल डिजिटल स्क्रिन, मनमोहक प्रकाशको संयोजन, आकाशमा उड्ने ड्रोनहरूको कलात्मक प्रदर्शन, भव्य आतिशबाजी र विशेष सांगीतिक मञ्चले उपस्थित दर्शकहरूलाई जादुयी र भव्य अनुभव प्रदान गर्ने निश्चित छ ।